कपिलवस्तु बन्दले दैनिक ३५ लाख राजस्व घाटा, ८ सय यात्रु कृष्णनगरमा अलपत्र ।।
३० साउन, कपिलवस्तु
विभिन्न पक्षको बन्दको कारण कपिलवस्तुको जनजीवन कष्टकर भईरहेको बेला सरकारी राजस्व असुलिमा प्रभाव परेको छ । संयुक्त मधेशी मोर्चा तथा थारु सम्बद्ध मोर्चा लगायतको बन्दका कारण कृष्णनगर भन्सार तथा मर्यादापुर भन्सार नाका ठप्प बनेको छ । नाका बन्द हुदाँ दैनिक ३५ लाख राजस्व घाटा भइरहेको छ । मधेशी मोर्चाको अनिश्चितकालिन आमहड्तालका कारण विहिबार देखि भन्सारको कामकाज प्रभावित भएको हो । विहिबार ८ लाख राजस्व संकलन भएपनि त्यस यता भने संकलन शून्य छ । कृष्णनगर भन्सार कार्यालय प्रमुख ध्रुवराज विश्वकर्माले बन्दले राजस्व संकलन नराम्ररी प्रभावित बनेको बताउनुभयो ।