गृहपृष्ठ » शिक्षासौतनी बाबुद्वारा बलात्कृत ११ वर्षीय बालिका बनिन् आमा

सौतनी बाबुद्वारा बलात्कृत ११ वर्षीय बालिका बनिन् आमा

August 15, 2015२५० पटक

baby

एजेन्सी – दक्षिण अमेरिकी देश पाराग्वेकी एक ११ वर्षीय बालिका आमा बनेकी छिन् । बालिकाले असउनसिअनको रेडक्रस अस्पतालमा छोरी जन्माएको बालिकाकी आमाका वकिल एलिजाबेथ टोरेल्सले एएफपीलाई बताइन् । किशोरी अवस्था पनि नपुगेकी ती बालिकाले छोरी जन्माएकी हुन् । अहिले आमा र छोरी दुबैको अवस्था राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।  ‘बालिकाको नाम राख्न भने बाँकी नै छ,’ टोरेल्सले भनिन् । अस्पतालका निर्देशक मारिओ भिलेबाले अस्पताल परिसर बाहिर सञ्चारकर्मीसँग बोल्दै शिशु जन्माउन ३५ मिनेट लागेको बताइन् । बालिका अझै तीन अथवा चार दिन अस्पतालमा रहने बताइन् । दुबै आमा छोरीलाई हजुरआमाले घेरेर राखेको उनले प्राप्त समाचारमा जनाइएको छ ।

बलात्कारपछि उनको गर्भ रहेको थियो । उनको गर्भ पतन गर्नु पर्ने माग यसअघि एम्नेष्टि इन्टरनेसनल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था गरेका थिए । तर पाराग्वेको कानून अनुसार आमाको स्वास्थ्य अवस्था खतरा नहुन्जेल गर्भपत गर्न नपाईने कडा कानूनले गर्दा स्वंयम सरकारले नै उनलाई गर्भपतन गर्नबाट बञ्चित गरेको थियो ।

बालिका १० वर्ष पुग्दा उनका सौतेनी बाबुले नै बलात्कार गरेको यसअघि जनाइएको थियो । बलत्कारको आरोप पछि सौतनी बाबुलाई पक्राउ गरी हाल मुद्दा चलाइएको छ । उता गर्भवती बालिकालाई वास्ता नगरेको उनकी आमामाथि लागेको छ ।

आमाले छोरीको गर्भपतन गर्न आग्रह गरे पनि सरकारले अनुमति दिएको थिएन । सरकारी कदमको धार्मिक समूहहरुले स्वागत गरेपनि राष्ट्र संघ र मानवअधिकारबादी संघ संस्थाले बिरोध जनाएका थिए । आमाको अवस्था गंभीर भएको अवस्थामा बाहेक पाराग्वेमा भु्रण हत्या गर्न प्रतिबन्ध रहेको छ । बालिका पाँच महिनाको गर्भवती हुँदा उनको स्वास्थ्य अवस्था राम्रो भएको स्वास्थ्यकर्मीहरुले बताएका थिए ।

यसैबीच, बालिकाले शिशु जन्माएको बालिका र शिशुको अवस्था राम्रो रहेको भन्दै एम्नेस्टीले खुसी जनाएको छ । विहीबार एक विज्ञप्ति जारी गरी पाराग्वेका अधिकारीहरुले उनको मानवअधिकार हनन गरेको आरोप लगाए । बालिकाको नाम सार्वजनिक गरिएको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण