राजधानीमा बन्दको प्रभाव बिहानै देखि
काठमाडौं, ३१ साउन – बिभिन्न राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ ।
मोहन बैद्य नेतृत्वको नेकपा माओवादी, संघीय समाजवादी फोरम नेपाल, तमलोपा, सद्भावना पार्टी लगायत बिभिन्न राजनीतिक दलहरुले गरेको बन्दका कारण राजधानी काठमाण्डु लगायत मुलुकका प्रमुख सहर बिहानैदेखि सुनसान छन् । राजधानी काठमाण्डुमा फाटफुट मोटरसकाइकल, भाडाका सवारी सधान चलेका छन् । लामो तथा छोटो दुरीका यात्रुबाहक सवारी साधन नचल्दा बिहानै देखि सडकमा पैदलयात्रीको चाप बढेको छ । चौकहरुमा बन्दकर्ताको खासै उपस्थिति नभएपनि आह्वान गरिएको बन्दको प्रभाव देखिएको छ । बन्द सफल पार्न शनिबार साँझ देशका विभिन्न स्थानमा राँके जुलुस निकालिएको थियो ।