उद्योग मन्त्री बस्नेत अस्पताल भर्ना
भक्तपुर, साउन ३१ – उद्योग मन्त्री महेश बस्नेत बिरामी भएपछि अस्पताल भर्ना हुनु भएको छ । पेट दुखेर बिरामी भएपछि आइतबार बिहान ३ बजे भक्तपुरको गठ्ठाघर स्थित नागरिक कम्युनिटी अस्पतालमा भर्ना हुनु भएको हो ।
उहाँको आइसियुमा राखेर उपचार भैरहेको अस्पतालका निर्देशक गोपीकृष्ण न्यौपानेले जानकारी दिनुभयो । चारजना विशेषज्ञ चिकित्सकले मन्त्री बस्नेतको उपचार गरिरहेका छन् । उहाँको बिहान १० बजे एपेन्डिक्सको अप्रेशन गरिने अस्पतालले जनाएको छ ।