नवलपरासीको सबैभन्दा अग्लो पहाड देवचुली पहाड (फोटो फिचर)
सन्जय भट्टराई ,नवलपरासी/ तस्बिरमा देखिएको पहाड अरु कुनै नभई नवलपरासी कै सबैभन्दा अग्लो पहाड देवचुली पहाड हो । दलदले बजारबाट करिब आधा घण्टा सवारी साधनको यात्रा पछि किर्तिपुर गाउँ बाट करिब ३ घण्टाको पैदल उकालो चढे पछि यो पहाडको चुचुरो मा पुग्न सकिन्छ । समुद्री सतह देखि करिब १९३२ मिटर अग्लो यो पहाड पर्यट्किय सम्भावना बोकेको नवलपरासीकै उत्कृष्ट पदयात्रा को गन्तव्य हो ।यस देवचुली पहाडबाट मौसम सफा रहेको समयमा चितवन र नवलपरासी का अधिकांश भागको अवलोकन गर्न सकिन्छ ।
तस्बिर राजु चापागाईं