बन्दमा गाडी चलाएपछि पत्रकार ऋषि धमलामाथि आक्रमण
काठमाडौं,३१ साउन – पत्रकार ऋषि धमलामाथि बन्दकर्ताले आक्रमण गरेका छन्। नेपाल वाणी नेटवर्कमा बाणी बहस कार्यक्रम चलाएर फर्कदै गरेका पत्रकार धमलामाथि काठमाडौँको वीर अस्पताल अगाडि बन्दकर्ताले आक्रमण गरेका हुन्।
उनि चडेको बा ५ च ४७७८ नम्बरको गाडीमा पनि आक्रमण भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने कलकारखाना, उद्योग, बजार पसल, शिक्षण संस्थासमेत बन्द छन् ।