गृहपृष्ठ » मुख्य समाचार, राजनीति, स्वास्थ्यदलित सन्जालको आव्हानमा बागलुङ बन्द : जनजीवन प्रभावित !

दलित सन्जालको आव्हानमा बागलुङ बन्द : जनजीवन प्रभावित !

August 5, 2015५८१ पटक

श्राबण २० गते ।।
उत्पीडित दलित समुदायको संजाल बागलुङको आव्हानमा आज बागलुङ जिल्ला बन्द छ । विहानै देखी जिल्ला सदरमुकाम लगायत अन्य व्यापारिक केन्द्रहरु, केहिलाई छोडेर अधिकाँश शिक्षण संस्थाहरु बन्द छन् ।
लामो र छोटी दुरीका सवारी साधानहरु चलेका छैनन् । जिल्लाको जनजीवन प्रभावित बनेको छ भने गन्तव्यमा जान नपाएका यात्रुहरुको विचल्ली बनेको छ ।
हिँजो मंगलवार दलित उत्पीडित सन्जाल बागलुङले नयाँ बन्ने संविधानमा उत्पीडित दलित समुदायको हक अधिकार सुनिश्चितताको माग गर्दै सञ्जालले देशव्यापी कार्यक्रम अन्र्तगत विहान १० देखि ११ बजेसम्म एक घन्टा चक्का जाम गरेको थियो । चक्काजामका कारण बिभिन्न स्थानमा जान हिडेका यात्रु र सवारी साधन बीचमै रोकिएका थिए ।
सोही चक्कजामका अवसरमा मोटरसाईकलमा आएका जिल्ला सरकारी वलिक कार्यालयमा कार्यरत गणेश शर्माले आफुलाई सन्जालका कार्यकर्ताहरुले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएपछी प्रहरीले दलित युवा संजालका अध्यक्ष राजकुमार बोसेललाई पक्राउ गरेको बिरोधमा सन्जालले आज बागलुङ बन्दको आव्हान गरेको हो । उजुरकर्ता शर्माको स्थानीय धौलागिरी अन्चल अस्पतालमा उपचार भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण