पाकिस्तानमा बम विस्फोटमा परेर पञ्जाव प्रान्तका गृहमन्त्रीको मृत्यु
काठमाडौं, साउन ३१ – बम बिस्फोटमा परि पाकिस्तानको पन्जाब प्रान्तका गृहमन्त्रीको ज्यान गएको छ । पन्जाबका गृहमन्त्री सुजा खानजादासहित ७ जनाको ज्यान गएको हो ।
बैठक भैरहेका बेला भएको बिस्फोटपछि भवनको छत भत्किएर गृहमन्त्रीसहित धेरैजना च्यापिएका थिए ।
खानजादा आतंककारी समूह विरुद्ध अभियानमा सक्रिय हुनुहुन्थ्यो भने उहाँले अघिल्लो महिनामात्रै पजाब प्रहरीले लश्कर ए झांगवीका नेतालाई मारेको घोषणा गर्नुभएको थियो ।
– एजेन्सीको सहयोगमा