गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारबन्दका क्रममा विभिन्न ठाउँमा आगजनी तथा तोडफोड

बन्दका क्रममा विभिन्न ठाउँमा आगजनी तथा तोडफोड

August 17, 2015३२८ पटक

काठमाडाैं, ३२ साउन-नेकपा–माओवादीलगायत ३३ राजनीतिक दलले संविधान मस्यौदाका विभिन्न विषयको विरोधमा आह्वान गरेको नेपाल बन्दको दोस्रो दिन सोमबार काठमाण्डु उपत्यकालगायत देशका विभिन्न स्थानमा सवारीसाधनमा आगजनी तथा तोडफोड भएको छ ।

देशका विभिन्न ठाउँमा सवारीसाधन तोडफोडलगायत हिंसात्मक गतिविधि गर्ने ८२ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाण्डुका विभिन्न स्थानबाट ७२, ललितपुरबाट आठ, मकवानपुरबाट एक र ताप्लेजुङ सदरमुकाम बजारमा बन्द गराउँदै हिँड्ने एक बन्दकर्तालाई नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

काठमाडाैं;- बन्दकर्ताले कामपा–१३ स्थित कालिमाटी टङ्केश्वर नीलबाराही स्कुल नजिक पार्किङ गरिराखिएको बिआर (६ ३९८) नं को बलेरो गाडीको अगाडिको सिसा फोडी पेट्रोल छर्की आगजनी गरेका तथा चाबहिलस्थित मेडिकेयर अस्पताल अगाडि बा१ख ९२५३ नं को बसको सिसा तोडफोड गरेका छन् ।

यसैगरी बन्दकर्ताले कालोपुलमा बा१ज ५०८९ नं को पार्किङ गरिराखिएको ट्याक्सीमा आगजनी गरे भने द्वारिका होटलअगाडि बा१ह ३७३० नं को टेम्पोमा आगजनी प्रयास गरेकामा प्रहरीले सो प्रयास विफल पारेको थियो ।

ललितपुर: बन्दकर्ताले ललितपुरस्थित बिएन्डबी अस्पतालअगाडि बा२ख ६३३७ नं को बसको अगाडिको सिसा तोडफोड गरेका छन् ।

मकवानपुर: हेटौँडा उपमहानगरपालिका–१० बुद्धचोकमा बन्दकर्ताले ना १४प ६७३२ नंको मोटरसाइकलको हेडलाइट फुटाएका छन् । प्रहरीले उपमहानगरपालिका–२० बस्ने १७ वर्षीय सरोज गजुरेललाई नियन्त्रणमा लिएको थियो ।

मोरङस् विराटनगर उपमहानगरपालिका¬१८ रोड शेषचोक भित्री बाटामा बन्दकर्ताले स १ प ७४९८ नं को मोटरसाइकलको अगाडि र पछाडिको भाइजर फुटाएका छन् । नेपाल प्रहरीले बन्दका क्रममा कुनै अप्रिय घटना हुन नदिन देशभर व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण