गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारजाजरकोटमा पहिरोले एघार घर बगायो

जाजरकोटमा पहिरोले एघार घर बगायो

August 17, 2015३०१ पटक

जाजरकोट, ३२ साउन-अविरल वर्षापछि आएको पहिरोले जाजरकोटमा ११ वटा घर बगाएको छ ।

पहिरोले घर बगाउँदा घरवारविहीन भएका पीडित परिवारको बिचल्ली भएको छ । घर बगाउँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । तर घरमा रहेका लत्ताकपडा तथा खाद्यान्न भने नष्ट भएको छ ।

सोमबार बिहान पहिरोले जुँगाथापाचौर–९ का कृष्णबहादुर रोकाय र सरिता खत्री, सक्ला–२ का पशुपति नेपाली र रङ्गबहादुर नेपाली, सक्ला–३ का ओइली विक, खलङ्गा–६ का पुनी थापा, दह–५ का धनबहादुर लुहार, पुन्मा–५ का तिलक विक, टालेगाँउ–४ का लचु सिह, लहँ–३ की सरिता खत्री र अर्छानी–९ का नीमबहादुर शाहीको घर बगाएको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । पहिरोको आशङ्काले घर छाडेकाले मानवीय क्षति नभएको प्रहरीनायब उपरीक्षक मल्लले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण