सरकारको १३ अर्ब रुपैयाँ गायब पारियो
काठमाडौं, १ भदौ– सार्वजनिक संस्थानहरुमा सरकारले लगानी गरेको पौने १३ अर्ब रुपैयाँ हराएको छ । सरकारले कुल ३४ वटा संस्थानमा गरेको आठ अर्ब ७८ करोड सेयर लगानी र चार अर्ब ७ करोड रुपैयाँ ऋण लगानीको हिसाब सरकारी कागजातमा देखिन नसकेको हो ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार हालसम्म सरकारले सबै सार्वजनिक संस्थानहरुमा कुल एक खर्ब १५ अर्ब ८१ करोड ४४ लाख रुपैयाँ सेयर लगानी गरेको छ । तर, संस्थानहरुको तथ्यांकमा भने सरकारको हालसम्मको सार्वजनिक संस्थानमा एक खर्ब ७ अर्ब, २ करोड ८१ लाख रुपैयाँ सेयर लगानी पुगेको देखिएको छ ।
नयाँ पत्रिका दैनिकबाट