गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारहवाइ आक्रमणमा पाकिस्तानमा ५० विद्रोहीको मृत्यु

हवाइ आक्रमणमा पाकिस्तानमा ५० विद्रोहीको मृत्यु

August 18, 2015३३७ पटक

150817203005_pak_airforce_624x351_bbcभदौ १ – पाकिस्तानको उत्तरी वजिरिस्तानमा गरिएको हवाइ आक्रमणको क्रममा कम्तिमा ५० जना विद्रोही मारिएको पाकिस्तानी सेनाले जनाएको छ । अफगानिस्तानको सीमासँग जोडिएको वजिरिस्तानको आदिवासी क्षेत्रमा गरिएको हवाइ आक्रमणको क्रममा विद्रोही मारिएको सेनाले दाबी गरेको हो ।

हवाइ आक्रमणको क्रममा विद्रोहीका गोल बारुद राखिएका स्थानलाई पनि लक्षित गरिएको सेनाले जनाएको छ । पत्रकारलाई वजिरिस्तानको आदिवासी क्षेत्रमा जाने अनुमति नदिइएकाले यो खबरको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

सेनाले उत्तरी वजिरिस्तानम गएको वर्षको जुनदेखि विद्रोही संगठन तालिबान विरुद्ध लगातार कारबाही अभियान चलाउँदै आएको छ । कारबाहीको क्रममा अहिलेसम्म दुई हजार ८ सय भन्दा धेरै विद्रोही मारिएको सरकारी अधिकारीले बताएका छन् ।
– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण