शिरिषले पनि बनाए राष्ट्रिय कीर्तिमान
२० साउन, काठमाडौं । नेपाली पौडीबाज शिरिष गुरुङले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् ।
रसियाको कजानमा जारी १६ औं फिना विश्व च्याम्पियनसिमा शिरिषले १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान राखेका हुन् ।
उनले ५८.२२ सेकेन्डको किर्तिमान राखेको टिम ब्यवस्थापक बासुदेव निरौलाले कजानबाट जनाएका छन् ।
यसअघि शिरिषले २०१४ मा काठमाडौंमा भएको ४ थौं एनएसए कप खुला पौडी प्रतियोगितामा आफ्नै नाममा राखेको ५८.५५ सेकेन्डमा दुरी तय गर्दै कीर्तिमान राखेका थिए ।
फिनामा यसअघि गौरिका सिंह र सोफिया शाहले पनि आफ्नो राष्ट्रिय कीर्तिमान सुधार गरेकी थिइन्