गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारश्रीलंकामा महिन्दा राजापाक्षेको पार्टी पराजित ।।

श्रीलंकामा महिन्दा राजापाक्षेको पार्टी पराजित ।।

August 19, 2015४१८ पटक

०२ भदौ ।।
श्रीलंकाको आम निर्वाचनमा सत्तासिन युनाइटेड नेशनल पार्टी सबैभन्दा ठूलो दल बनेको छ । कुल २ सय २५ सिटका लागी गत सोमवार भएको निर्वाचनमा प्रधानमन्त्री रानील बिक्रमसिंघेको नेसनल पार्टीले १ सय ६ सिट जितेको छ । पूर्व राष्ट्रपति माहिन्दा राजापाक्षेको युनाईटेड पिपुल्स फ्रिडम अलाएन्स भने ९५ सिटमा खुम्चिएपछि प्रधानमन्त्रीका रुपमा शक्तिमा फर्कने राजापाक्षेको योजना असफल भएको छ । यद्यपी राजापाक्षेले आफू विपक्षी नेताको हैसियतमा सांसद रहने प्रष्ट पारेका छन । गत जनवरीमा सम्पन्न राष्ट्रपति निर्वाचनमा आफ्नै स्वास्थ्य मन्त्री मैत्रीपाला सिरिसेनासँग पराजित भएपछि राजापाक्षे प्रधानमन्त्री बन्ने सपनाका साथ यो आम चुनावमा प्रतिस्पर्धिका रुपमा उत्रिएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण