नौमुरे विद्युत आयोजनालाई जलासययुक्त बनाउने प्रधानमन्त्री र गृहमन्त्रीको प्रतिबद्धता ।।
०२ भदौ, प्यूठान
प्रधानमन्त्री सुशिल कोईरालाले प्यूठानको नौमुरे विद्युत आयोजनालाई जलासय युक्त र सरकारी सार्वजनिक संस्थानको रुपमा बिकास गर्नका लागि पहलगर्ने बताउनु भएको छ । नेपालमा जलविधुत्त क्षेत्रमा प्रचुर सम्भावना भएपनि हाल उर्जाको संकट रहेको भन्दै उहाँले नौमुरे जलविद्युत आयोजना नयाँ जलविद्युत उत्पादनका लागि प्राथमिकतामा पर्नुपर्ने समेत वताउनु भयो । जलविद्युत आयोजनालाई जलासययुक्त आयोजनाको रुपमा बिकास गर्न र सरकारी सार्वजनिक संस्थानको रुपमा स्थापना गर्न भन्दै आज नेपाली काग्रेसका नेता दिवाकर गौतम नेतृत्वको टोलिले दिएको ज्ञापन पत्र बुझदै प्रधानमन्त्री कोईरालाले नौमुरे जलविद्युत आयोजनालाई जलायस युक्त बनाउन मन्त्रिपरिषदवाट निर्णय गराउने समेत प्रतिवद्धता जनाउनु भएको टोलि सदस्य तथा नेपाल प्राधापक संघका केन्द्रीय कोषाध्यक्ष बिष्णु पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै आज नै टोलिले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रध्यापक डा.गोबिन्दराज पोख्रेललाई पनि ज्ञापनपत्र बुझाएको छ ।