गृहपृष्ठ » मुख्य समाचारअस्थायी आवास निर्माणका लागि नगद बितरण ।।

अस्थायी आवास निर्माणका लागि नगद बितरण ।।

August 19, 2015११७ पटक

०२ भदौ, धनकुटा
गत बैशाख १२ र २९ गतेको भूकम्पबाट घर भत्किएका धनकुटाका भूकम्प पिडित परिवारलाई अस्थायी आवास निर्माणका लागि रकम बितरण सुरु गरिएको छ । जिल्ला दैविप्रकोप उद्धार समितिले पूर्ण क्षति यकिन गरेका धनकुटाका ४ सय ६९ मध्ये पहिलो चरणमा २ सय ६० पिडित परिवारलाई १५ हजार रुपैयाँ नगद वितरण गरिएको छ । यस्तै तत्कालिन राहत बुझ्न बाँकि केहि परिवारलाई नगदसहित २५ किलो चामल र तेल लगायतका खाद्य सामग्रि वितरण गरिएको छ । पहिलो चरणमा पूर्ण क्षतिमा सुचिकृत धनकुटा नगरपालिका भीत्रका सबै १ सय ३२ तथा छिन्ताङ, तेलिया, हात्तिखर्क, चानुवा र मारेककटहरे गाविसका पिडित परिवारका लागिमात्रै गाविस मार्फत रकम निकसा पठाइ सकिएको छ । केन्द्रबाट दैविप्रकोप उद्धार समितिमा प¥याप्त रकम निकासा आइ नसकेकाले सबैलाई एकै पटक अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराउन नसकिएको प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धरले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण