११ औं दिन आन्दोलन जारी, निषेधीत क्षेत्र तोडीयो ।।
०२ भदौ,सुर्खेत
अखण्ड मध्यपश्चीमको माग गर्दै शुरु भएको सुर्खेत आन्दोलनको ११ औं दिन
नागरिक संघर्ष समितीले आज निषेधीत क्षेत्र तोडेको छ । मंगलगडीबाट
नारा जुलुश सहित बिरेन्द्रचोक हुदै आखा अस्पताल चोक पुगेका आन्दोलनकारीले
प्रहरीले राखेको निषेधीत क्षेत्र तोडेर घण्टाघर चोक पुगेका छन् ।
घण्टाघर चोकमा आन्दोलनकारीहरुले कोणसभाको आयोजना गरेका छन् ।
कोणसभालाई सम्बोधन गर्दै नागरीक अगुवा चक्रपाणी शर्माले अखण्ड मध्यपश्चीम
कायम नभएसम्म आन्दोलन नरोकीने बताउनुभयो । कार्यक्रममा नागरीक अगुवा
मुकुन्दश्याम गीरी, कबीराम पुरी लगाएतको सहभागीता रहेको थियो ।