गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारआन्दोलनको नाममा दुई–तीन सय मार्ने योजनाको सूचना आएको अनन्तको खुलासा ।।

आन्दोलनको नाममा दुई–तीन सय मार्ने योजनाको सूचना आएको अनन्तको खुलासा ।।

August 19, 2015२५६ पटक

०२ भदौ, काठमाण्डौ ।।
एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन अनन्तले सिमाङ्कनको बिरोधमा भईरहेको आन्दोलनमा सरकारले बल प्रयोग गरेको प्रति आपति जनाउनु भएको छ । आज रिपोर्टस क्लबले गरेको साक्षत्कारमा पूनले आन्दोलनको नाममा दुई–तीन सय मार्ने योजनाको सूचना आएको बताउनुभयो । उहाँले जबरजस्ति बल प्रयोग गरेर आन्दोलन भड्काउने काम नगर्न सरकारलाई सुझाब दिनुभयो । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफू कसरी मुख्य मन्त्री बन्न सकिन्छ भन्ने सिमित नेताहरुको सोचका कारण समस्या आएको भन्दै राष्ट्रिय भावना लिएर अघि बढ्नु पर्ने आवश्यकता औल्याउनुभयो । पण्डितले नमिलेका विषयहरु मिलाएर भदौ १५ गतेभित्र संविधान जारी गर्नु पर्ने धारणा राख्नुभयो । नेपाली काँग्रेसका सभासद रमेश लेखकले संविधान लेखनले अन्तिम रुप लिईरहेकाले अब सम्बोधन गर्न सकिने जायज मागलाई मात्रै सम्बोधन गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण