गृहपृष्ठ » मुख्य समाचार, शिक्षाप्राविधिक तर्फको कक्षा ११ र १२ का लागि पाँच वटा विषयको पाठ्यक्रम तयार

प्राविधिक तर्फको कक्षा ११ र १२ का लागि पाँच वटा विषयको पाठ्यक्रम तयार

August 19, 2015३०४ पटक

काठमाडौं, भदौ २ – उच्च माध्यमिक शिक्षा परिषदले प्राविधिक तर्फको कक्षा ११ र १२ का लागि पाँच वटा विषयको पाठ्यक्रम तयार गरेको छ ।

परिषदले वनस्पती विज्ञान, जीव विज्ञान, विद्युतीय, इलेक्ट्रोनिक, सिभिल र कम्युटर इञ्जिनियरिङ सम्बन्धी पाँच विषयमा पाठ्यक्रमको प्रारुप तयार गरेको परिषदका प्रवक्ता हिरा आचार्यले जानकारी दिनुभयो ।

परिषदले बुधबार पाठ्यक्रमका बारेमा विज्ञसँग पनि छलफल गरेको छ । विज्ञको सुझाव समेटेर पाठ्यक्रमको प्रारुप परिषदमा लगिने र त्यहाँबाट शिक्षा मन्त्रालयमा पेश गरिने प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

पाठ्यक्रम १२ सय पूर्णाङ्कका छन् । कक्षा ११ र १२ को प्राविधिक तहको पाठ्यक्रम तयार नहुँदा प्राविधिक विषय लिएर एसएलसी पास गरेका विद्यार्थी उच्च शिक्षा पढ्नबाट बन्चित छन् ।

 

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण