मधेसी मोर्चाले भन्यो- आन्दोलनमा ज्यान गए प्रदेश सरकार बनेपछि परिवारलाई ५० लाख र रोजगारी दिन्छौ
काठमाडौं, भदौ २
मधेस आन्दोलनका क्रममा कसैले ज्यान गुमाए सहिद घोषणा गरेर प्रादेशिक सरकार बनेपछि पचास लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।
सीमांकनको विरोधमा आन्दोलरत मधेस केन्द्रित दलहरु संलग्न संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको बुधबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
साथै बैठकले मृतकको परिवारका एक सदस्यलाई रोजगारी र निःशूल्क शिक्षा दिनेसमेत बताएको छ ।
‘थरुहट/मधेश लगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने प्रादेशिक सरकारले शहिद परिवारलाई पचास लाख आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रायदेशिक सरकारले वहन गर्ने छ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ,’ मोर्चाका शीर्ष नेताहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
मधेसमा आन्दोलन उचाल्न जनतालाई आन्दोलनमा ल्याउनका लागि मोर्चाले
केन्द्रीय आन्दोलन परिचालन समिति बनाउने निर्णय समेत गरेको छ।
उपेन्द्र यादव, राजेन्द्र महतो, महन्त ठाकुर र राम नरेश रायले हस्ताक्षर गरेको विज्ञप्तिमा जनता भड्काउनका लागि पहिले नै ज्यानको मूल्य पचास लाख तोकेर सहिदको अपमान गर्न खोजेको भन्दै यो निर्णयको सबैतिरबाट आलोचना गरिएको छ।