संविधानको मस्यौदामा राष्ट्रपतिले दिएका गोप्य सुझाव यस्ता छन्
काठमाण्डु, ३ भदौ – राष्ट्रपति रामवरण यादवले सेना परिचालनको अधिकार राष्ट्रपतिलाई दिनुपर्ने,संसद विघटनको अधिकार प्रधानमन्त्रीमा राखिनुपर्नेलगायत व्यवस्था नयाँ संविधानमा राख्न शिर्ष नेतृत्वसमक्ष सुझाव राखेका छन् ।
संविधानसभाबाट नयाँ संविधानका लागि मस्यौदा अन्तिम चरणमा पुगेका बेला राष्ट्रपति यादवले प्रमुख दलका शीर्ष नेतृत्वलाई गोप्य तरिकाले आफ्ना लिखित सुझाव बुझाएका हुन् । त्यसमा उनले संविधान निर्माण प्रक्रिया, मौलिक हक, राष्ट्रपतिको व्यवस्था, कार्यकारी अधिकार, न्यापालिका, सेनापरिचालनलगायत विषयमा आफ्नो राय दिएका छन् । कान्तिपुर दैनिकबाट