नवजात शिशुको औषधि उपचार र बाटो खर्च सरकारले बेहोर्ने
काठमाण्डु, ३ भदौ – २८ दिनसम्मको नवजात शिशु बिरामी परी अस्पताल ल्याउँदा लाग्ने बाटो खर्चसमेत सरकारले बेहोर्ने भएको नवजात शिशुको निःशुल्क उपचार गर्ने निर्णय गरेको सरकारले रकम अभावमा शिशु अस्पताल नै आइनपुग्ने समस्या बढ्ने देखेर यस्तो निर्णय लिएको हो । स्वाथ्य मन्त्रालयले यसका लागि पाँच जिल्लालाई नमुनाको रुपमा छनोट गरिसकेको छ । छनोटमा परेका पाँच जिल्लाका शिशुको अस्पतालमा लाग्ने सम्पूर्ण उपचार र औषधि खर्च मात्र नभएर अस्पताल आउँदा जाँदा लाग्ने बाटो खर्चसमेत उपलब्ध गराउने छ । राजधानी दैनिकबाट