गृहपृष्ठ » मुख्य समाचार, समचार​बन्दमा रोकिएका गाडी स्कर्टिङ गरेर गन्तव्यतर्फ

​बन्दमा रोकिएका गाडी स्कर्टिङ गरेर गन्तव्यतर्फ

August 20, 2015१७१ पटक

काठमाडौं, भदौ ३ – बन्दका कारण बिभिन्न ठाउँमा रोकिएका गाडीलाई सुरक्षाकर्मीले स्कटिङ गरेर गन्तव्यमा पुर्याउने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पहल र स्थानीय प्रशासनको सहयोगमा बन्द भैरहेका क्षेत्रबाट प्रहरीले विशेष सुरक्षा दिएर गाडी गन्तव्यमा पठाउने गरेको हो ।

महासंघका महासचिव एवं प्रवक्ता सरोज सिटौलाका अनुसार यात्रुको समस्यालाई ध्यानमा दिंदै गाडी सञ्चालन गरिएको हो । प्रहरीले रात्री बसलाई राती ९ बजेपछि विशेष सुरक्षा दिएर गन्तव्यमा पुर्याउने काम गरिरहेको छ । पश्चिममा पनि केही गाडी गुडेका र सुरक्षाको प्रत्याभूति भए आफुहरु चलाउन तयार भएको व्यवसायीको भनाई छ ।

सीमाकंनको विरोधमा भैरहेको बन्दका कारण काम विशेषले हिँडेका यात्रुलाई मर्का परेको र आफुहरु पनि घाटामा गएको भन्दै सुरक्षाको प्रत्याभूति भए आफुहरु बन्दमा पनि गाडी चलाउन तयार भएको महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण