गृहपृष्ठ » मनोरञ्जनचकलेटी भूमिकामा पूजना

चकलेटी भूमिकामा पूजना

August 22, 2015३५० पटक

भाद्र ४, २०७२- फिल्मी यात्रा सुरु गरेको डेढ दशक बितिसक्दा पनि दर्शकमाझ ‘मार्क’ नभएकी हिरोइन हुन्, पूजना प्रधान । जबकि, उनीसँग एउटै फिल्म हिरोबाट डेब्यु गरेकी अर्की नायिका रेखा थापा सर्वाधिक लोकप्रिय नायिकामा दर्ज भइसकेकी छन् । तर, पूजनाको हालत भने अझै खराब छ । चर्चा नपाएपछि उनले अंग प्रदर्शनको बाटो पनि रोजिन् । फिल्म रक्षामा खुलेर बेड सिन दिइन् तर माखो मरेन । चर्चा होइन, चर्को आलोचनाचाहिँ खेप्नुपर्‍यो ।

त्यसपछि करिब दुई वर्ष गुपचुप बसेकी पूजना निर्मात्री बनेर रजतपटमा फेरि देखा परिन् । सडक बालबालिकाको पीडा देखाइएको फिल्म चकलेटमा मुख्य भूमिका उनकै छ । तर, पोस्ट प्रोडक्सन सकिएको लामो समय बितिसक्दा पनि रिलिज गर्न नपाउँदा छटपटिएकी छन् । फिल्मले १८ मंसिरको रिलिज मिति त पाएको छ । तर, भूकम्पले करिब चार महिना नयाँ फिल्मको रिलिज रोकिएकाले चकलेटले कम्तीमा तीन फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । त्यसैले अन्तिम समयमा चकलेटको रिलिज सर्‍यो भने अचम्म मान्नु पर्दैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण