गृहपृष्ठ » मुख्य समाचारसात प्रदेशको सीमांकनमा के के भयो हेरफेर ?

सात प्रदेशको सीमांकनमा के के भयो हेरफेर ?

August 22, 2015१०४ पटक

काठमाडौं, भदौ ५ – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको असहमतिका बाबजुद ठुला तीन दलले सात प्रदेश बनाउने सहमति गरेका छन् । पछिल्लो पटक साउन २३ गते ६ प्रदेश बनाउने सहमति भएपनि मुलुकका विभिन्न ठाउँमा भैरहेको असन्तुष्टिलाई सम्बोधन गर्ने उदेश्यका साथ थप एक प्रदेश बनाउने सहमति भएको हो ।

दलबीच भएको सहमतिअनुसार प्रदेश नम्बर ६ लाई टुक्र्याएर छुट्टै सातौं प्रदेश बनाइने छ । त्यस्तै हुम्ला कर्णाली नदीपूर्व छैटौं प्रदेश र कर्णाली नदी पश्चिम सातौं प्रदेश बनाइने छ । नयाँ संरचनाअनुसार छैटौं प्रदेश ठुलो भएको र सुर्खेत लगायत जिल्लामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि नयाँ प्रदेश संरचना बनाइएको हो ।

दलबीच भएको सहमति अनुसार सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र रुकुमको पश्चिमी भागलाई मिलाएर छैटौं प्रदेश बनाइएको छ । यस्तै कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुला जिल्ला मिलाएर नयाँ सातौं प्रदेश बन्ने भएको छ । अघिल्लो सहमतिमा ती दुवै प्रदेशलाई एकै प्रदेशमा राखिएको थियो ।

दलबीच प्रदेश नम्बर १, ३, ४ र ५ प्रदेश भने पूर्वसहमतिअनुसार नै यथावत राखिएको छ । यसअघि २ नमबर प्रदेशमा रहेको पर्साको ठोरी गाविसलाई भने चितवन जिल्लामा मिलाएर प्रदेश नम्बर ३ मा राखिएको छ ।

कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ जिल्लाको छुट्टै प्रदेश बनाउनुपर्ने माग गर्दै फोरम लोकतान्त्रिकले असहमति जनाएको छ भने एकीकृत माओवादीले मगर बाहुल्य क्षेत्रलाई विशेष स्वायत्त क्षेत्र बनाउनुपर्नेमा जोड दिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण