गृहपृष्ठ » मुख्य समाचारलागु औषध चरेश सहित बागलुङका दुई जना पक्राउ

लागु औषध चरेश सहित बागलुङका दुई जना पक्राउ

August 23, 2015१२१ पटक

बागलुङ, भदौ ५ गते । लागुऔषध चरेससहित बागलुङका दुई दिदी बहिनी रुपन्देहीको सीमा नाका बेलहियामा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बागलुङ निसी गाविस– ९ की २९ वर्षीया बिमला घर्ती मगर र निसी–७ कै ३२ वर्षीया कुमारी घर्ती मगर रहनुभएको छ ।

pakrau
उनीहरु ठुली आमा र सानी आमाकी छोरीहरु हुन् । बुटवल बसपार्कबाट पौने दुई किलो    चरेस लिएर भारतको चन्डीगढ जाने क्रममा उनीहरुलाई सीमा क्षेत्रमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मानव बेचविखन बिरुद्ध कार्यरत संस्था केआई नेपालले सोधपुछको क्रममा उनीहरुको झोलाबाट लागुऔषध भेटिएपछि ईलाका प्रहरी कार्यालय बेलहीयालाई बुझाइएको हो ।
भारतको विन–विन कम्पनीमा जागिर गर्न जान लागेको बताउने उनीहरुलाई परामर्श दिने क्रममा लागुऔषध फेला परेपछि प्रहरीलाई खबर गरिएको केआई नेपाल रुपन्देहीकी ईन्चार्ज तारा सापकोटाले जानकारी दिनुभयो ।
आफ्नो मामा विकास घर्ती मगरको आग्रहमा बुटवल बसपार्कबाट मामाको साथीले दिएको चरेस भारतको चण्डीगढमा पु¥याउन जाने क्रममा पक्राउ परेको बिमला घर्ती मगरले बताउनुभयो । पक्राउ परेका दुवै दिदीबहिनीलाई लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण