लागू औषधसहित दुईजना पक्राउ
बारा, ५ भदौ– जिल्लामा प्रहरीले लागू औषधसहित केही व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको गढीमाई उपमहानगरपालिका–१ पथलैया चोकबाट अमलेशगंजतर्फ पैदल जाँदै गरेका सुनसरी धरान–१५ बस्ने १८ वर्षीय बिनोद परियार र काठमाण्डु बस्ने सोलुका १९ वर्षीय सुदिप लामालाई अवैध लागूऔषध सहित पक्राउ गरिएको हो ।
उनीहरुबाट डाइजेपाम १७ पिस, फेनारगन १७ पिस, कोकिन १७ पिस र नोरफिन १७ पिससहित शनिबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भैरहेको बताएको छ ।