गृहपृष्ठ » समाचारहरुआदिवासी जनजाति महासंघद्धारा २ दिने नेपाल बन्दको आहवान ।।

आदिवासी जनजाति महासंघद्धारा २ दिने नेपाल बन्दको आहवान ।।

August 23, 2015२१४ पटक

सागर भण्डारी भाद्र ६
आदिवासी जनजाति महासंघले आज र भोलीका लागि दुई दिने नेपाल बन्द को आहवान गरेको छ ।
संविधानको नयाँ मस्यौदाको विरोध गर्दै महासंघले बन्दको आयोजना गरेको बताएको छ । विगतमा गरेको सहमति र अन्तरिम संविधानको भावनाविपरीत नयाँ संविधान ल्याउन लागिएको भन्दै विरोधस्वरुप महासंघले बन्द आव्हन गरेको जनाएको छ ।
महासंघले बन्दका क्रममा कसैमाथि आक्रमण नगर्ने पनि दावी गरेको छ । बन्दको आहवान गरेपनि यसको प्रभाव पर्नसक्ने देखिन्छ । यसैबीच बुर्तिबाङमा पनि बन्द गर्नका लागि महासंघका तर्फबाट एक अपिल सहित आग्रह गरिएको छ । भने बन्दको प्रभाव विहानै देखि देखिएको छ । बुर्तिबाङमा सञ्चालित पसलहरु बन्द गरिएका छन् ,भने यातायातका साधनहरु पनि चल्न सकेका छैनन् । उता बन्दको पूर्वसन्ध्यमा हिँजो बागलुङमा महासघंले बागलुङमा मसाल जुलुस प्रर्दशन गरेको छ ।
मगर सघं बागलुङको सभा भवनबाट शुरु भएको मसाल जुलुस बजार परिक्रमा पछि लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै जनजाति अगुवाहरुले संविधानको प्रारम्भिक मस्यौदा र प्रादेशिक बिभाजन आदीवासी जनजातिमैत्री नभएको भन्दै अब कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएका थिए । बन्दका क्रममा प्रेस, एम्बुलेन्स, कुटनीतिक नियोग, मानवअधिकार, खानेपानी बोकेका गाडी चल्न पाउन अपिलमार्फत आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण