गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारयसरी भयो कैलालीमा ज्यानै जाने घटना

यसरी भयो कैलालीमा ज्यानै जाने घटना

August 24, 2015२८० पटक

kailali-e1440421310602कैलाली, ७ भदौ– विगत केही दिनदेखि स्वायत्त थरुहट प्रदेशको माग गर्दै थारु समुदायका मानिसहरु आन्दोलनमा उत्रिएका थिए । तराईका २२ जिल्ला बन्दसँगै कैलालीमा बन्द र प्रदर्शनको प्रभाव बढी देखिन्थ्यो । थारु आधार ईलाका भएकाले पनि होला त्यहाँ बन्द र आन्दोलनले चर्को रुप लिएको थियो ।
आन्दोलनका क्रममा सुरक्षा प्रदान गर्न र आन्दोलनलाई अराजक बन्न नदिनका लागि प्रहरीले एसएसपी लक्ष्मण न्यौपानेको नेतृत्वमा एक प्रहरी टोली खटाएको थियो । टोलीमा सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंह पनि थिए । उनीहरु कैलालीको टिकापुर दुर्गौलीमा खटिएका थिए ।

सोमबार अपराह्नको समयमा प्रदर्शनकारी हातमा भाला, बञ्चरो, चक्कु लगाएतका सामग्री लिएर अगाडि बढ्दै थिए । त्यसैक्रममा प्रदर्शनकारीले प्रहरीलाई थुतेर भिडमा ताने । त्यसपछि ढुंगामुढा सुरु गरे । करिब ७ हजारको संख्यामा रहेका प्रदर्शनकारीको भिडमा जान उपयुक्त नठानेर अन्य प्रहरी पछि हटे । करिब २५ मिटर पछि हटेर प्रहरीले टियर ग्यास र हवाई फायर गर्यो । त्यसपछि प्रदर्शनकारी केही पछि हटे ।

प्रहरीका अनुसार प्रदर्शनकारीले आफ्नो कब्जामा लिएका मध्ये केहीको मृत्यु भइसकेको थियो । केही घाइते थिए । मृत्यु भएकामध्ये एक जनालाई उनीहरुले जलाएर हत्या गरेका थिए भने अन्य दुई जनाको शब क्षतविक्षत अवस्थामा थियो ।

घटनापछि प्रदर्शनकारी भागेर सबै आ–आफ्नो घर गए । घाईते प्रहरी र आन्दोलनकारीलाई अस्पताल लगियो । घटनाको केही क्षणमै १७ जना प्रहरी र ३ प्रहरीको मृत्यु भएको खबर आयो । घाइतेमध्ये केहीको स्थानीय अस्पताल र केहीलाई काठमाण्डुबाट हेलिकप्टर मगाएर त्यसतर्फ लगियो ।

(स्थानीय र प्रहरीसँगको कुराकानीबाट )

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण