गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारको हुन् टिकापुरमा मारिएका एसएसपी न्यौपाने ?

को हुन् टिकापुरमा मारिएका एसएसपी न्यौपाने ?

August 25, 2015२८७ पटक

ssp-laxman-neupane८ भदौ, काठमाडौं ।

झापाको चन्द्रगढी स्थायी घर भएका एसएसपी लक्ष्मण न्यौपाने ०७१ भदौमा सेती अञ्चल प्रहरी प्रमुख भएर धनगढी गएका थिए । उनी यसअघि धौलागिरि अञ्चल प्रहरी प्रमुख थिए । एक वर्ष कार्यकाल पूरा गरी उनको यसै महिना त्यहाँबाट सरुवा हुँदै थियो । २९ चैत ०४४ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका न्यौपानेको दुई वर्षअघि मात्रै एसएसपीमा बढुवा भएको थियो ।

पछिल्लो समय उनको परिवार काठमाडौंको सिनामंगल बस्दै आएको थियो । उनको पुख्र्यौली घर भोजपुरको गोगने हो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा सन्देश एक महिनादेखि धनगढीमा बुबासँगै बस्दै आएका थिए । सिनामंगलस्थित न्यौपानेको घरमा परिवारलाई सान्त्वना दिन आइजिपी उपेन्द्रकान्त अर्याल, एआइजी तथा डिआइजीहरू गए ।
उनकी पत्नी अरुणा बेहोस भएपछि अस्पताल पुर्‍याइएको थियो । घटनामा मारिएका इन्स्पेक्टर बोहरा भिआइपी सुरक्षामा अब्बल प्रहरी अधिकृत मानिन्छन् । उनी लामो समय कांग्रेस नेता शेरबहादुर देउवाको पिएसओ बसेका थिए । उनी असईबाट प्रहरी सेवामा भर्ना भएका थिए । अञ्चल प्रहरी गुल्मबाट उनी टीकापुरमा खटिएका थिए । आन्दोलनकारीबाट मारिएका अर्का इन्स्पेक्टर बलराम विष्ट इप्रका टीकापुरबाट खटिएका थिए । आजको नयाँ पत्रिका खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण