सुनको भाउ बढ्यो
काठमाडौं, भदौ ११ – सुनको भाउ तोलामा एकसय रुपैयाँले बढेको छ । हप्ताको अन्तिम दिन शुक्रबार सुन तोलाको ५० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार तोलामा ५ सय रुपैयाँ घटेर ५० हजार ५ सयमा झरेको सुनको भाउ शुक्रबार फेरि एक सय रुपैंयाले बढेको हो । यस्तै शुक्रबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ६ सय ७५ रुपैयाँँमा कारोबार भैरहेको छ ।