मलेसिया बाट नेपाली युवाको रोदन “गरि खाने हात नै काटियो अब परिवार कसरी पाल्ने “
सुसान आचार्य /उज्यालो लालटिन मलेसिया, भदौ १२ –
मलेसिया आयको एक बर्ष पनि बित्न नपाउदै आफ्नो दाइने हातका चार औंला गुमाएका सुर्खेत लाटिकोइलीका २६ बर्सिय बिनोद बिसि एउटा ठुलो चुनौतीपूर्ण जीवन मलेसियामा बिताउन बाध्यछन ।गत बर्ष २०१४ मे ३तारिख धन कामाउने र परिबार सूखी सङ पाल्ने सुनौलो सपना सजायर मलेसियाको पेनाङ राज्य स्थित बेलमटेल कम्पनीमा अप्रेटर का रूपमा आयका उनी अन्तत तोकिएको कम्पनी भन्दा फरक काम र कम्पनी मा परे सङै आफै सङ ठगियका थिए ।काम कै सिलसिलामा mjc कम्पनी पेनाङ मा मार्च ३ २०१५ मा मिसिन मा परि दाहिने हात का चार औंला गुमाएका बिनोद परिबार का एक्ला छोरा हुन ।उनी हाल बिना फरपर्दो उपचार बिना छेतीपुर्ती काम गर्न बिबस भयका छन ।
सुरुमा तोकिएको भन्दा फरक कम्पनीमा परि जसो तसो काम गर्दै आयका बिनोद हात काटिय संगै उपचार नपाउदा अति ठुलो चपेटामा रहेका बताउछ्न ।प्रत्यक्ष कुराकानी गर्दै बिनोद भन्छन् ,गरि खाने हात नै काटियो अब परिबार कसरी पाल्नु ,केहि दिन सामान्य औसधि उपचार गराइय पनि हात पुनः पाकेको र अहिले हात पुर्ण रूपमा काम नगर्न भएको हुदा अब जिउन गारो भएको उनी बताउँछन् ।आपतकालीन अबस्थामा कुटनितिक र तीनका प्रतिनिधि बाट समेत भरपर्दो सहयोग मिलेन सबै मुख दर्सक बने भन्दै अब अन्तिम विकल्प खोज्न दूतावास फ़ेरि धाउने उनले बताय ।उनले आक्रोस पोख्दै भने मलेसिया जस्तो नरकिय भुमिमा अहिले ;सरकार फ्री भिसा र फ्री टिकट भन्दै बिना सम्झौता नेपाली कामदार आजकै अबस्थामा बेच्न उत्साहित हुनुले सरकार समेत नागरिक प्रति उत्तरदायी नभएको बताय ।उनी भन्छन् बरु नेपालमा भोकै मर तर मेरा देश का दाजुभाइ दिदिबहिनी हरु धन कमाउने सपना बुनेर खाडि नछिर ।