सुनको भाउ बढ्यो
काठमाडौं, भदौ १४ – सुनको भाउ आज पनि बढेको छ । सुन आज तोलामा डेढसय रुपैयाँले बढेर ५० हजार ८ सय ५० रुपैयाँ पुगेको छ । महंगो भएपनि चाडपर्व नजिकिएकाले माग बढेको सुनचाँदी व्यवसायीले बताएका छन् । आज चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ६ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।