गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, स्वास्थ्यबोक्सी आरोप लगाउनेलाई एक लाख २० हजार जरिबाना

बोक्सी आरोप लगाउनेलाई एक लाख २० हजार जरिबाना

September 6, 2015२७१ पटक

२० भदौ, काठमाडौं । शिक्षिकामाथि बोक्सीको आरोप लगाएर दुर्व्यवहार गर्ने विष्णुमाया थापासहितलाई एक लाख २० हजार जरिबाना तिर्न लगाइएको छ ।

Dhamiकोटदरबार ४ अर्खलछापमा रहेको अमर निमाविका कक्षा सात मा अध्ययनरत विष्णुमाया थापासहित केही विद्यार्थी विरामी भएर बर्बराउने, काम्ने समस्या देखिएपछि धामी लगाएर उनीहरुको उपचार गरिएको थियो । त्यस क्रममा शिक्षिका उर्मिला थापा र बालकुमारी थापालाई बोक्सीको आरोप लगाइएको अन्नपूर्ण पोस्टमा खबर छ ।

विद्यार्थीको झारफुकका लागि विद्यालयमै गएकी धामी रत्नमाया थापाले शिक्षिकातर्फ बोक्सीको संकेत गरेपछि बोक्सीको आरोप लगाइएको हो । ‘बक्ने क्रममा’ विद्यार्थी विष्णुमाया र धामी रत्नमायाले दुई शिक्षिकाको नाम लिएका थिए ।

आफ्नै शिक्षिकालाई बोक्सी आरोप लगाएपछि विद्यालयमै विवाद भएको थियो । समाज बसी घटना गम्भीर भएको र यसले समाजमा थप समस्या निम्त्याउने निष्कर्ष निकाल्दै आरोप लगाउनेमाथि जरिवानाको फैसला गरेको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण