गृहपृष्ठ » कृषि, मुख्य समाचार, समचारदेवदह सरहनवारीका कृषकहरू तरकारी उत्पादनले उचित मुल्य नपाउदा निकै चिन्तित ।

देवदह सरहनवारीका कृषकहरू तरकारी उत्पादनले उचित मुल्य नपाउदा निकै चिन्तित ।

December 27, 2016६२२ पटक

सि. बि. मगर ।। पाैष १२।। रूपन्देहि जिल्लाकै नमुना अर्गानिक कृषि पकेट क्षेत्रको रूपमा चिनिने देवदह नगरपालिका ७ सरहनवारीका कृषकहरू अाफ्नाे तरकारी उत्पादनले उचित मुल्य नपाउदा निकै चिन्तित भएका छन् ।15748152_1518771351484473_567831155_o

अर्गानिक कृषि उत्पादन अन्तर्गत सबैभन्दा बढी उत्पादन हुने लाैरे सिमि खेतिले उचित मुल्य पाउन नसक्दा कृषकहरू चिन्तित बनेका हुन् । सुरू उत्पादनमा प्रति किलाे ८० रूपैयामा बिक्री हुने गरेकाे लाैरे सिमिकाे मूल्य २ हप्तामै ह्वात्तै घटेर प्रति किलाे २० रूपैयामा बिक्री गर्नुपरेकाे किसानहरूकाे गुनासाे रहेकाे छ ।

गत बर्ष न्युनतम ४० रूपैया प्रतिकिलाे बिक्रि भएकाे लाैरे सिमि यश बर्ष भने सुरूमै २० रूपैया प्रतिकिलाे बिक्रि गर्न बाध्य भएपछि किसानहरूलाई अाफ्नाे मिहिनेत अनुसारकाे मूल्य नपाउदा चिन्तित बनाएकाे हाे । यश बर्ष अत्याधिक उत्पादन र एकाधिकार बजारकाे प्रभावले गर्दा लाैरे सिमिले उचित मूल्य नपाएकाे सरहनकालि कृषि सहकारि संस्थाका अध्यक्ष मान बहादुर गाहाकाे भनाइ छ । अर्गानिक कृषि पकेट क्षेत्र सरहनवारीमा बार्षिक सरदर २०० मेटि्रकटन लाैरे सिमि उत्पादन हुने गर्दछ ।।

rajneeshb_1366732743

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण