गृहपृष्ठ » कृषि, पत्रपत्रीकाप्राधिकरणका कर्मचारीलाई सवा आठ करोडको बिजुली निःशुल्क

प्राधिकरणका कर्मचारीलाई सवा आठ करोडको बिजुली निःशुल्क

August 6, 2015४३१ पटक

२१ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले वर्षको ८ करोड २१ लाख ६८ हजार बराबरको बिजुली सित्तैमा पाउने गरेको पाइएको छ ।Light-e1419470339130२७ अर्ब घाटा पुगेको नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले वर्षभरिमा यति ठूलो रकम बराबरको बिजुली सित्तैमा पाउने गरेको राजधानीमा खबर छ ।

प्राधिकरणले विद्युत महसुल निर्धारण समितिमा पेस गरेको प्रतिबेदनमा संस्थामा काम गर्ने कर्मचारीहरुको उत्प्रेरणा जगाउने अभिप्रायले विद्युत सुविधा उपलब्ध गराएको उल्लेख गर्दै शून्य विद्युत महसुल नभएको उल्लेख गरिएको छ ।

प्राधिकरणका अनुसार करिब ११ हजार कर्मचारीले हिउँदको मंसिरदेखि वैशाखसम्म बढीमा ७५ युनिट तथा वर्षायामको जेठदेखि कात्तिकसम्म बढीमा एक सय २५ युनिट बिजुली सुविधाका रुपमा पाउने गरेका छन् । हिउँदमा मासिक पाँच सय ८० रुपैयाँका दरले ६ महिनाको तीन हजार चार सय ८० तथा वषर्ामा मासिक एक हजार १० रुपैयाँका दरले ६ हजार ६० रुपैयाँ गरी प्रतिकर्मचारीले वाषिर्क रुपमा ९ हजार पाँच सय ४० रुपैयाँ विद्युत सुविधाबापत पाउने प्रतिवेदनमा उल्लेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण