साेमनी गा.बि. स. काे २१ अाै गाउँ परिषद सम्पन्न
नन्दु यादव, नवलपरासी जिल्लाकाे सिमावर्ती गा.बि.स. साेमनी मा २१ अाै गाउ परिषद कार्यक्रम सम्पन्न भएकाे छ।अगामी अार्थिक बर्ष २०७४/७५ काे अगामी बर्षकाे लागि कुल१ कराेड ५५ लाख बराबरकाे अनुमानित बजेट प्रस्तुत गरिएकाे छ।गा.बि.स. सचिव प्रशुराम यादव काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा खास गरि शिक्षा, स्वास्थ्य , सडक, खानेपानी , महिला, युवा, बालबालिका लगायतका क्षेत्रमा प्रस्ताबित याेजना पारित गरिएकाे गा.बि.स. सचिव प्रशुराम यादव ले जानकारी दिनु भयाे।कार्यक्रममा विभिन्न राजनैतिकदलका प्रतिनिधि,सघसस्थाकाे प्रतिनिधि,महिला समूह ,युवा,बालबालिका पत्रकारलगायत का प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे।कार्यक्रममा नेपाली काग्रेसका रिसिदेव पटेल, रबिस यादव,भानुप्रसाद चाैधरी, पन्चम हरिजन,श्रिनेवास यादव, पत्रकार नन्दु यादव लगायतले बाेल्नु भएकाे थियाे।कार्यक्रम सहजकर्ता सुरेन्द्र हरिजनले सन्चालन गर्नु भएकाे थियाे।