गृहपृष्ठ » मुख्य समाचार, समचारघटेको डिजेल र मट्टितेलको मूल्य आजदेखि लागु हुने ।।

घटेको डिजेल र मट्टितेलको मूल्य आजदेखि लागु हुने ।।

September 7, 2015२०१ पटक

pet

काठमाण्डौ,भाद्र २१
नेपाल आयल निगमले घटाएको डिजेल र मट्टितेलको बिक्री मूल्य आजदेखि लागु भएको छ ।
निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा रु एक÷एक घटाएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता दीपक बरालले सार्वजनिक यातायातको भाडा कम गर्न सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले    डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर एक÷एक घटाइएको बताउनुभयो ।
आजदेखि डिजेल र मट्टितेलको मूल्य ८३ कायम हुने र पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य भने पुरानै कायम हुने जनाएको छ । पेट्रोल प्रतिलिटर १ सय ४ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर १ हजार ४०० मा बिक्री मूल्य कायम हुने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण