गृहपृष्ठ » मुख्य समाचार, शिक्षाबारामा देखिएको स्वाईनफ्लुको उपचार सुरु ।।

बारामा देखिएको स्वाईनफ्लुको उपचार सुरु ।।

September 7, 2015२९५ पटक

flu
भाद्र-२१,काठमाण्डौ ।
जिल्ला स्वास्थ्य कार्यालय बाराको स्वास्थ्यकर्मीको टोलीले आइतबार जिल्लाको नरही गाविसअन्तर्गत इटहर गाउँमा देखापरेको स्वाइन फ्लु सङ्क्रमित १२ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि वितरण तथा उपचार गरिएको जानकारी दिएको छ । कार्यालयका प्रमुख हरिचन्द्र साहले स्वाईनफ्लु संक्रमितहरुको उपचार गरिएको बताउनुभयो ।
झण्डै पन्ध्र दिन अघि उक्त गाउँका बालबालिका र वृद्धवृद्धालाई ज्वरो आउने, घाँटी खस्खसाउने, टाउको दुख्ने आदि लक्षणहरु देखिएको थियो । जसमध्ये ३१ जना रोगीलाई रोग देखापरेको सूचना पाएपछि जनस्वास्थ्य कार्यालयका टोली सो ठाउँमा गई उपचार गरेको हो ।
रोगीको रगत सङ्कलन गरी परीक्षणका लागि सम्बन्धित विभागमा पठाएर परीक्षण गर्दा १२ जनालाई स्वाइन फ्लु सङ्कमण देखा परेको थियो ।
सो कार्यालयका प्रमुख साहको नेतृत्वमा आइतबार औषधिसहितको स्वास्थ्यकर्मी टोलीले रोगग्रस्त स्थानमा गई सङ्क्रमण भएका बिरामीलाई औषधि वितरण गरिएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण