देवदह –८ मा एमाले कार्यकर्ताहरुको भेटघाट तथा घरदैलो कार्यक्रम तिव्र
उज्यालो सम्बादाता,देवदह, जेठ २० । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न ठाउँहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरुको भेटघाट तथा घरदैलो कार्यक्रम तिव्र रुपमा चलिरहेको छ । देवदह नगरपालिका अन्तर्गत वार्ड नं.–८ मा शनिवार दिनभरी नेकपा एमालेका स्थानीय नेता तथा कार्यक्रताहरु घरदैलो कार्यक्रमलाई तिव्र पारेका छन् । दोस्रो चरणमा हुने भनिएको निर्वाचन पटक पटक सार्दै गएता पनि सनीय तहको निर्वाचनको लागि नेकपा एमालेका नेता तथा कार्यक्रताहरु विहानैदेखि घरदैलो गर्ने, पार्टीका झण्डाहरु चोक चोकमा लगाउने कामहरु देवदह क्षेत्रभरी भइरहेका छन्र । पार्टीले आधिकारीक रुपमा उम्मेदवारहरु टुंगो नलगाइसकेकाले संभावित उम्मेदवारहरु पार्टीले अगाडी सारेका एजेन्डाहरु लिएर जनताको घरदैलोमा पुगेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा देवदह क्षेत्रमा नेकपा एमालेका भातृ संगठन युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरुले चोक चोकमा पार्टीको झण्डा राखेर सिंगारेका छन् । यस क्षेत्रमा स्थानीय तहको निर्वाचन उत्साहका साथ लागेको देखिन्छ ।