गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, शिक्षाजताजता उपकुलपति उतै उतै ताला

जताजता उपकुलपति उतै उतै ताला

September 10, 2015३२४ पटक

२४ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँ जताजता गएर काम गर्छन्, विश्वविद्यालयका प्राध्यापकहरूले खोजीखोजी उतै पुगेर ताला लगाउने गरेका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशील कोइरालाले सत्तासाझेदार नेकपा एमालेसँग समन्वय नगरी त्रिविसहित चार विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेपछि एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनले उपकुलपतिको काममा अवरोध गर्दै आएको छ।

मधेसी दलनिकट लोकतान्त्रिक प्राध्यापक संगठनले पनि विश्वविद्यालयमा आफ्नो पनि भाग माग्दै खोजीखोजी ताला लगाइरहेको छ।

कुलपतिको हैसियतले प्रधानमन्त्री कोइरालाले त्रिवि, नेपाल संस्कृत, पूर्वाञ्चल र सूदूरपश्चिमाञ्चलमा क्रमशः खनियाँ, कुलप्रसाद कोइराला, घनश्यामलाल दास र भूषण श्रेष्ठलाई उपकुलपति नियुक्त गरेका थिए । भदौ ८ मा एमाओवादी कोटामा ईश्वरीप्रसाद ढकाल कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति नियुक्त भए।

बौद्धिक चोरीको आरोप लागेका त्रिवि उपकुलपति खनियाँले पदभार सम्हालेलगत्तै कार्यालयमा पुगेर प्रगतिशील प्रध्यापक संगठनले ताला लगाएको थियो। त्यसपछि उपकुलपति खनियाँले बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा बसेर काम गरे। लगत्तै प्रगितशील र लोकतान्त्रिक प्राध्यापक संगठनले त्यहाँ पनि ताला लगाइदिएको प्रगतिशील प्राध्यापक संगठनका महासचिव खगराज शर्माले बताएको नागरिकमा खबर छ।

त्यसपछि खनियाँ विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायको डिन कार्यालयमा बसेर काम गर्न खोज्दा दुवै संगठनले त्यहीँ पुगेर चारै डिन कार्यालयमा ताला लगाइदिए।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण