गृहपृष्ठ » खेलकुद, मुख्य समाचारओपन टेनिसको पुरुष तर्फको सेमिफाइनलमा आज

ओपन टेनिसको पुरुष तर्फको सेमिफाइनलमा आज

September 10, 2015२९४ पटक

भाद्र २४ गते ।।
बर्षको अन्तीम ग्रान्ड स्लाम युएस ओपन टेनिसको पुरुष तर्फको सेमिफाइनलमा नोभाक जोकोभिक र मारिन सिलिच तथा रोजर फेडेरर र स्टेयन वावारिन्काबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै महिला तर्फको सेमिफाइनल खेलमा विश्व नं १ सेरेना विलियम्स र इटालिकी रोबेर्टा भिन्चीबीच प्रतिस्पर्धा हुदा विश्व नम्बर २ सिमोना हालेप र इटालीकी फालभिया पेनेटा भिड्नेछन् ।
अमेरीकाको न्युयोर्कमा आज बिहान भएको क्वाटरफाइनल खेलमा विश्व नम्बर २ स्वीस खेलाडी रोजर फेडेररले १२ औं बरियताका फ्रान्सेली रिचर्ड ग्वास्केटलाई ३ सुन्यको सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।
यस्तै १५ औं बरियताका दक्षिण अफ्रिकी केभिन एन्डरसन्लाई ३ सुन्यकै सेटमा पराजित गर्दै पाचौँ बरियताका स्विस स्टेयन वावरिन्का पनि सेमिफाइनल पुगेका हुन् ।
यसैबिच विश्व नं १ नोभाक जोकाभिचले १८औं वरीयताका स्पेनिस खेलाडी फेलिसियानो लोपेजलाई हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् । अब सेमिफाइनलमा जोकोभिचको भिडन्त डिफेन्डिङ च्याम्पियन क्रोएसियन खेलाडी मारिन सिलिचसँग हुनेछ । सिलिचले फेन्च खेलाडी जो वेल्फ्रेड सोंगलाई ६–४, ६–४, ३–६, ६–७ र ६–४ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै सेमिफाइनलमा ठाउँ बनाएका हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण