नेपालकै होचा कलाकार दिपेन शाहाको निधन
काठमाडौँ, ३० कार्तिक |
हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको निधन भएको छ।उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।उनको जन्म विं.सं २०५५ सालमा दोलखाको भिमसेन नगरपालिका वाड नं ७ मा भएको थियो । नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए । शाह केहि दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका थिए | ३१ इन्च मात्र अग्ला रहेका शाहाको पार्थिब शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राख्ने तयारी भएको छ |