देवदहमा एक दिने निशुल्क आँखा शिबिर सञ्चलान हुँदै
उज्यालो सम्बादाता/मङ्सिर ७/देवदह / रुपन्देहिको देवदहमा एक दिने आँखा शिविर हुने भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना तथा श्री रण अम्बिका शाह आँखा अस्पताल,भैरहवाको सहयोगमा विश्व मधुमेह दिवशको अवशरमा शिविरहुने भएको हो । यहि आउदो शनिबार ९ गते सञ्चालन हुने शिविर ग्रिन प्लान्ट आवासीय मा.वि. को प्रांगणमा बिहान ९:०० बजेदेखि नै संचालन गरिने आयोजक संस्थाको अध्यक्ष राजिब सापकोटाले जानकारी दिनु भयो ।
शिविरमा चिकित्सकहरुले मधुमेह रोगीहरुको नि:शुल्क आँखा जाच गरि आँखाको रोग पहिचानको साथै आँखा सिक्षा बारे जानकारी गराउने शिविरमा सम्लग्न हुने डाक्टरले बताउनु भयो । उक्त शिविरमा मधुमेहबाट आँखामा असर देखा परेका बिरामिहरुलाई भने थप उपचारका लागि लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान,भैरहवा रिफर गरिने सिविरमा आउने डाक्टर ज्ञानेन्द्र लामिछानेले जानकारी दिनुभयो।