सुनको भाउ ह्वात्तै घट्यो
काठमाडौं, भदौ २४ – सुनको भाउ बिहीबार एकैदिन ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ४९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार तोलामा एकसय रुपैयाँले घटेर तोलामा ५० हजार ४ सय रुपैयाँ कायम भएको भाउ बुधबार भने स्थिर थियो ।
अन्तर्राष्ट्रिय बजारमा उतारचढाव आएकाले नेपाली बजारमा पनि भाउमा घटबढ भैरहेको सुनचाँदी व्यवसायीले बताएका छन् ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ६ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।