चर्चित प्ले ब्याक गायक चिरन्जीवी भण्डारीले देवहमा मचाए धमाल
माघ १३ , देवदह। चर्चित प्लेब्याक गायक तथा संगितकार चिरन्जीवी भण्डारी अहिले स्टेज कार्यक्रममा खुबै व्यस्त रहेका छन। यसैगरी चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ मा देवदह आएका गायक भण्डारीले देवहमा सांगीतिक माहोल खुब जमाएका थिए। आफ्नो पृथक आवाजले युवा पुस्ताको मन छुन सफल भएका थिए। नेपाली फिल्म र विभिन्न कलेक्सन एल्बममा गित गएर चर्चा बटुल्न सफल भण्डारीले महोत्सवमा ‘चट्टै मुटु काटेर…’, ‘सान्नानी सुनन…’ ‘मेरो दिलमा ब्याटिङ गरी…’, ‘एक कप टि…’ लगायतका गित गएका थिए। देवदहमा राम्रो छाप छोड्न सफल गायकलाई दर्शकहरुले स्टेग किंग, रक्स्टार जस्ता उपनाम समेत दिए।