गृहपृष्ठ » मुख्य समाचार, समचारएसपीलाई पेट्रोल बम हानेपछि जनकपुरमा तनाव

एसपीलाई पेट्रोल बम हानेपछि जनकपुरमा तनाव

September 10, 2015१५८ पटक
फोटो :फाइल फोटो
२०७२ भाद्र २४ बिहीवार
जनकपुरधाम : आन्दोलनका क्रममा विभिन्न जिल्लामा प्रहरीले दमन गरेको भन्दै जनकपुरमा सशस्त्र प्रहरीका उपरीक्षकमाथि मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेका छन् ।गस्तीमा रहेको प्रहरी उपरीक्षक रविन्द्र ठाकुर सवार भ्यानमाथि आन्दोलनकारीले जनकपुर उपमहानगरपालिका–१ भानु चोकमा पेट्रोल बम हानेका थिए ।

बम हानिएपनि भ्यानमा सवार उपरीक्षक ठाकुरसहित सबै सुरक्षाकर्मीहरु सकुशल रहेको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिनप्रहरीले चार राउण्ड हवाई फायर समेत गरेको थियो ।

जनकपुरमा प्रर्दशनकारीहरुले केही खुलेका चियापसल समेत विहानै देखि बन्द गराएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण