गृहपृष्ठ » समाचारहरुसंगम युवा क्वलको भवन उद्घाटन, रक्तदान तथा दर खाने कार्यक्रम सम्पन्न

संगम युवा क्वलको भवन उद्घाटन, रक्तदान तथा दर खाने कार्यक्रम सम्पन्न

September 4, 2021१८९ पटक

सुरज भट्टराई । रुपन्देहीको देवदह नगरपालिका वडा नं ३ सेमरानामा अवस्थित संगम युवा क्लबको भवन उद्घाटन गरिएको छ । देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच क्लबको भवन उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमको अवसर पारेर क्लबले देवदह रेडक्रस सोसाइटीको सह– आयोजना तथा परासी रेडक्रसको प्राबिधिक सहयोगमा बृहत् रक्तदान साथै दर खाने कार्यक्रम गरेको थियो । रक्तदान कार्यक्रममा २९ पोईन्ट रगत संकलन गरिएको क्लबले जनाएको थियो । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष तथा रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएको देवदह नगरपालिकाको उप–प्रमुख विद्या लक्ष्मी गुरुङले क्लवको चौतर्फी विकासमा अधैव सहयोग गर्ने र आगामी बजेट अनुसार विशेष कृषि कार्यक्रम अथवा चाहाना आमा समूह समेतको अनुरोधलाई सहजीकरण गर्दै क्लव भवनमा ट्रस निर्माणमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विसशष्ट अतिथि समेत रहनुभएका देवदह नगरपालिका वडा नं. ३ का अध्यक्ष बैकुंठ कवंरले आगामी बर्ष क्लव तथा आमा समूहको लागि आवश्यक सहयोग तथा उन्नतीमा सधैव अग्रस्थानमा रही साथ दिने बताउनुभएको थियो ।

मायादेवी खानेपानी संस्थानका अध्यक्ष एवं देवदह रेडक्रस सोसाईटीका कोषाध्यक्षले आवश्यक परेको बखतमा रेडक्रसले क्लवको अनुरोधमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा संगम युवा क्लबको संस्थापक अध्यक्ष लालबहादुर थापा, पुर्व अध्यक्ष घनश्याम भण्डारी ,चाहाना आमा समुहको अध्यक्ष यममाया ज्ञवाली, कोटही आधारभुत विद्यालयको प्र.अ.रमेश न्यौपाने, समाजसेवी चक्रबन्दु थापा, टोप बहादुर थापा लगाएतले आफ्नो कुरा राख्नु भएको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष कवि ज्ञवालीको अध्यक्षता , द्धितिय उपाधयक्ष पुर्ण कलि थापाको स्वागत र क्लब को सचिव प्रीतम कुमार थापा मगर र प्रथम उपाध्यक्ष ज्योति अदाई खाम्चाको संचालनमा भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण