गृहपृष्ठ » समाचारहरुउज्यालोमा निःशुल्क शेयर बजार तालिम सम्पन्न

उज्यालोमा निःशुल्क शेयर बजार तालिम सम्पन्न

September 11, 2021१०३ पटक

उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा उज्यालोमा निःशुल्क शेयर बजार विषयक तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रम भर्चुअल माध्यम जुम एपबाट सम्पन्न गरिएको थियो । सो तालिममा ७० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।

तालिममा शेयर बजार सम्बन्धी अधारभुत ज्ञानबारे सहभागीहरुलाई जानकारी गराएको संस्थाका अध्यक्ष सागर कंडेलले बताउनु भएको थियो । सहभागीहरुलाई शेयर बजारको आधारभूत ज्ञानको बारेमा अरुण ज्ञवाली र प्रबिधिक जानकारी दिपेश पाण्डेयले तालिम प्रशिक्षकको रुपमा तालिम सञ्चालन भएको थियो ।

तालिममा नेपाली शेयर बजारका धरोहर भनेर चिनिने श्री अम्बीका प्रसाद पौडेल र हरि ढकाल प्रमुख बक्ताको रुपमा रहनुभएको थियो । देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीको प्रमुख आतिथ्यता र देवदह नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष दिपक चापागाईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै देवदहमा हरेप पटक उज्यालो लाल्टिनले नयाँ प्रकारको कार्यक्रम गर्ने गरेको र यसैमा शेयर बजारको जानकारी दिएर हावाको भरमा शेयर भर्ने र अध्ययन विनाको लगानीलाई रोकी आर्थिक विकासमा टेवा पुराउन सहयोग गर्ने कुरा बताउनुभएको थियो । कर्याक्रममो संयोजन संस्थाका सदस्य मुकेश ज्ञवालीले गर्नुभएको थियो भने सञ्चालन युवराज चापागाईले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण