प्रचण्डले राष्ट्रपतिसँग भने-मधेसीका जायज माग पुरा गर्छौं

फोटो :फाइल फोटो
सो अवसरमा दुर्इजनाबीच समसामयिक राजनीतिक स्थिति र संविधान निर्माणमा भएका प्रगतिबारे कुराकानी भएको थियो ।
राष्ट्रपति यादवलाई अध्यक्ष दाहालले प्रदेशको सीमाङ्कनमा चित्त नबुझी आन्दोलन गरिरहेका मधेसवादी दलहरुले उठाएका जायज मागलाई सम्बोधन गर्न आफूहरु तयार रहेको भेटवार्ताका क्रममा जानकारी गराएका थिए ।
अध्यक्ष दाहालले आन्दोलनरत मधेसवादी दललाई वार्ता आउन आह्वान गरिसकेको बताउँदै वार्ताबाटै समाधान खोज्न आफूहरु तयार रहेको बताएका अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए।
खड्काका अनुसार संविधान लेखनमा अधिकतम सहमति कायम गर्न आफूहरु प्रयासरत रहेको जानकारी पनि अध्यक्ष दाहालले राष्ट्रपतिलाई दिएका थिए ।
कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले आइतबार संयुक्त रुपमा मधेसवादी दललाई वार्तामा आउन आग्रह गरेका थिए । रासस